अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले घरको छत प्वाल परेपछि नासा विरुद्ध मुद्दा

काठमाडौं– अन्तरिक्षबाट घरको छानामा फोहोरका टुक्रा खसेपछि अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासाविरुद्ध मुद्दा दायर गरेको छ। उक्त परिवारले ८० हजार डलर क्षतिपूर्तिको माग गरेको छ।

सन २०२१ को मार्च ८ मा आकाशबाट करिव ७ सय ग्राम तौलको टुक्रा खसेर उनको घरको छतमा प्वाल परेको थियो। नासाले त्यो टुक्रा ब्याट्रीको कार्गो प्यालेटको भाग भएको र यो २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट फोहोरको रूपमा छोडिएको बताएपछि त्यो परिवारले मुद्दा दायर गरेको हो।

नासाले त्यो टुक्रा वायुमण्डलमा प्रवेश गरेपछि पनि पूर्ण रूपमा नष्ट हुन नसकेको बताएको थियो। नासाविरुद्धको मुद्दा कानून फर्म क्र्यानफिलले लडिरहेको छ। द गार्डियनको रिपोर्टका अनुसार फर्मले आफ्नो ग्राहक एलेजान्ड्रो ओटेरोको नेपल्स, फ्लोरिडामा घर रहेको बताएको छ।

फोहोरको टुक्रा घरमा खसेको बेला ओटेरोका छोरा डेनियल घरमै रहेको र उनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ। तर ओटेरोका परिवारले भने जे पनि हुन सक्थ्यो भन्दै नासाबाट क्षतिपुर्ति माग गरेको छ ।

अन्तरिक्षमा फोहोर निरन्तर बढ्दै गएकाले दुर्घटना पनि बढेको क्र्यानफिलले बताए। यस विषयमा नासाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। नासाले देखाउने प्रतिक्रिया भविष्यमा उदाहरण बन्न सक्छ। फर्मले नासासँग आफ्नो दावीको जवाफ दिन ६ महिनाको समय रहेको बताएको छ।

अन्तरिक्षमा हुने फोहोरलाई ‘स्पेस डेब्रिस’ वा ‘अर्बिटल डेब्रिस’ भनिन्छ। यी ती कृत्रिम सामग्री हुन् जुन अब उपयोगी छैनन्। तर पृथ्वीको वरिपरि घुमिरहेका छन्। यो फोहोर मानिसले अन्तरिक्षमा पठाएको वस्तुबाट बनाइएको हो। यसमा रकेटका टुक्राहरू, उपग्रहका टुक्राहरू, अन्तरिक्ष यात्रीहरूले छोडेका वस्तुहरू लगायत छन् ।

विगत ६० वर्षयता पृथ्वीको कक्षामा १० सेन्टिमिटरभन्दा ठूला २९ हजारभन्दा बढी वस्तुहरू रहेको नासाको वेबसाइटमा उल्लेख छ। नासाको अनुमान अनुसार हरेक दिन कम्तिमा एक टुक्रा भग्नावशेष पृथ्वीमा पुग्छ। यो टुक्रा या त पृथ्वीमा कतै खस्छ वा वायुमण्डलमा पुग्ने बित्तिकै जल्छ। धेरै जसो अन्तरिक्षको फोहोर पानीमा खस्छ, किनकि पृथ्वीको सतहको ७१ प्रतिशत पानी रहेको छ।

सन् १९७९ मा नासाको करिव ७५ टन तौल भएको अन्तरिक्ष केन्द्र स्काइल्याब समुन्द्रमा खस्यो। यो घटना लामो समयको लागि चर्चामा थियो। यो जमिनको कुनै भागमा खसेको भए ठूलो विनाश हुन सक्ने थियो।

१४ मे १९७३ मा अन्तरिक्षमा पठाएको स्काइल्याबले करिब ५ वर्षसम्म राम्रोसँग काम गरको थियो। तर सौर्य आँधीका कारण प्यानल जलेर बिस्तारै इन्जिनले काम गर्न छोडेपछि अन्तरिक्षबाट पृथ्वीतर्फ सर्न थाल्यो। सुरुमा यो पृथ्वीमा कहाँ खस्ने हो थाहा थिएन। चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङले अप्रिल २०१८ मा पृथ्वीसँग ठोक्किने अपेक्षा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट