प्रेममा धोका पाएपछि अस्पताल कर्मचारीद्वारा फेसवुकमा स्ट्याटस लेखेर आत्महत्या

इटहरी– प्रेमिकाले धोका दिएपछि विचलित भएका धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारीले आत्महत्या गरेका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका अर्जुन मेहताले आईतबार विहान आत्महत्या गरेका हुन। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएपछि उनले आत्महत्याको बाटो रोजेको उनका साथी पवन मेहताले जानकारी दिएका छन्।

आत्महत्या गर्नु पुर्व उनले फेसवुकमा लगातार तीन वटा स्ट्याटस लेखेका थिए। सवै स्ट्याटस भावुक छन्। अन्तिम स्ट्याटसमा भने उनले बुबाआमासँग माफी मागेका छन्। ‘सरी आमाबुवा म आफ्नो तनाव सहन सकिनँ, नत तपाईंहरूलाई भन्न सकेँ। म आफूले आफैंलाई धेरै सम्हाल्न चाहेँ। तर अब सकिनँ, सरी सरी’, उनले लेखेका छन्।

उनले आत्महत्या गरेपछि वृद्धा आमा मुर्छित भएकी छन्।

फेसवुक प्रोफोईल हेर्न यहाँ क्लिक गर्नुहोस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट