सप्तकोशीका रिटायर्ड कर्मचारीले अनियमित तरिकाले ‘फाउ’मा लिए २ महिनाको तलव

राजविराज– सप्तकोशी नगरपालिकामा वर्षौसम्म जागिर खाएर सेवासुविधा लिएका एक जना कर्मचारीले रिटायर्ड हुँदा पनि जनप्रतिनिधिलाई प्रभावमा पारेर २ महिनाको तलब वरावरको रकम फाउमा (सित्तैंमा) लिएको पाईएको छ।

नगरपालिकाले स्थानीय तह अन्तर्गतका कर्मचारी दयाराम भट्टराईलाई सेवा निवृत्त हुँदा २ महिनाको तलव वरावर हुन आउने ८३ हजार ३५५ रुपैयाँ सित्तैंमा दिएर घर पठाएको छ। कर्मचारीको सेवा सम्बन्धी कानूनले सेवा निवृत सुबिधाको सुनिस्चितता गरेको छ। उनीहरुले बिदा, औषधि उपचार, उपदान लगायतका सुबिधा प्राप्त गर्ने ब्यवस्था कानुनले नै गरेको छ।

त्यसभन्दा माथि उठेर पालिकाले कार्यपालिका बैठकबाट निर्णय गराई भट्टराईलाई थप रकम दिएको पाईएको छ। यो विषयमा महालेखा परिक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ। ‘सेवा सम्बन्धी कानूनले व्यवस्था गरे बमोजिम हरेक कर्मचारीले सुबिधा पाउने हुँदा यस्ता सुबिधा थप दिंदा राज्यलाई दोहोरो भार पर्ने देखिन्छ’ महालेखा परिक्षकको आव ०७९/०८० को प्रतिवेदनमा भनिएको छ–‘यस्ता दोहोरो सुबिधा दिने र पटके निर्णय गर्ने प्रवृतिलाई नियन्त्रण गर्नुपर्दछ।’

जनप्रतिनिधिले गरेका यस्ता वेतुकका निर्णयमा नागरिकको पनि अनन्तुष्टि देखिएको छ। सर्वसाधारणको ढाड सेकेर उठाएको करबाट वर्षौसम्म सेवासुविधा लिएका कर्मचारीलाई थप पालन पोषण गर्नु न्यायोचित नभएको सर्वसाधारणहरु वताउँछन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट