माछा मार्न खोलामा पसेका शिक्षकको बाढीले बगाउँदा मृत्यु

काठमाडौं– जाजरकोटमा माछा मार्न गएका एक जना शिक्षकको वाढीले बगाएर मृत्यु भएको छ।

कुशे गाउँपालिकास्थित खोलामा माछा मार्न गएका सोही गाउँपालिका ९ का शिक्षक इन्द्रबहादुर रोकायको शनिवार मृत्यु भएको हो।

कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन। भारी वर्षापछि खोलामा आएको बाढीमा परेर अन्य ६ जना घाइते भएका छन्।

बाढीमा परी राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको उपाध्यक्ष रोकायले जानकारी दिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट