नेपाल आइडल सिजन ५ को उपाधिसहित करण परियारले जिते २५ लाख

काठमाडौं– गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाको जयनगरका करण परियारले जितेका छन्। शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरुलाई पछि पार्दै उनले उपाधि जितेका हुन्।

दर्शकको भोटको आधारमा विजेता बनेका परियारले मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पारेका हुन। उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् भने दार्जिलिङका सचिन विश्वकर्माले सेकेन्ड रनरअप बनेर नगद ५ लाख रुपैयाँ प्राप्त गरे।

दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए। उनले स्कुटर पुरस्कार प्राप्त गरे। नेपाल आइडल सिजन ५ चार महिनादेखि जारी थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट