पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबरको जिम्मेवारी खोसिँदै, टिममा ठुलो परिवर्तनको आशंका

काठमाडौं– पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमलाई हटाउने तयारी भएको छ। आईसीसी टी–२० विश्वकपमा टोलीको खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले बाबरको जिम्मेवारी खोस्न लागेको हो।

टोलीमा नयाँ खेलाडीको प्रवेशको सम्भावना उच्च रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानको प्रदर्शन निकै निराशाजनक देखिएपछि पीसीबीले टिममा ठुलो परिवर्तन चाहेको जनाईएको छ।

पाकिस्तान समूह चरणमा भारत र अमेरिकासँग पराजित भएपछि सुपर–८ मा पुग्न नसकी फर्किएको थियो। त्यसपछि पीसीबीले पुरानो छनोट समिति प्रणालीमा फर्काउने तयारी थालेको जनाईएको छ। अहिले आधिकारिक रुपमा पाकिस्तानमा खेलाडी चयनकर्ता टोली छैन। पीसीबीले नै खेलाडी छनोट गर्दै आएको छ।

तर, अब बोर्डले टोलीमा ठूलो परिवर्तनका लागि चयनकर्ता तोक्ने तयारी थालेको छ। टोलीमा पूर्व फास्ट बलर वहाब रियाज नयाँ मुख्य चयनकर्ता बन्ने अनुमान गरिएको छ। रियाजले विश्वकपका लागि टोली छनोटमा सहयोग गरेका थिए। सोहीकारण पनि बोर्डले उनलाई मुख्य चयनकर्ता बनाउन सक्ने अनुमान गरिएको हो।

पुरानो प्रणाली अनुसार चयनकर्ता टीममा मुख्य चयनकर्ता वाहेक र दुई वा तीन जना सदस्यहरु रहन सक्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट