सन्दीप लामिछाने भन्छन्– विश्वकप खेल्दा क्रिकेटमा डेब्यू गरेजस्तो लाग्यो

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्।

आईसीसी टी–२० विश्वकपमा सहभागी भएर उनी आज मात्रै स्वदेश फर्किएका हुन। उनी नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य भन्दा तीन दिनपछि काठमाण्डौं आई पुगेका हुन।

अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। उनी क्यानडा हुँदै नेपाल आएका हुन्। उनले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताएका छन्।

विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए। उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट