विरामी महिलालाई बलात्कार गरेको आरोप लागेका क्लिनिक सञ्चालक धरौटीमा छुटे

काठमाण्डौं– विरामी महिलालाई बलात्कार गरेको आरोप लागेका ललितपुरको महालक्ष्मी नगरपालिका–५ सानागाउँस्थित एक क्लिनिकका सञ्चालकलाई अदालतले धरौटीमा रिहा गरेको छ।

आफनै घरमा उपेन फर्मा (मेडिकल पसल तथा क्लिनिक) सञ्चालन गर्ने ५१ वर्षीय रामगोपाल नेम्कुललाई ललितपुर जिल्ला अदालतले ३ लाख धरौटीमा रिहा गरेको हो।

सातदोबाटोस्थित प्रहरी वृत्तमा पीडित महिलाले उनी विरुद्ध जाहेरी दिएकी थिईन। सोही जाहेरीका आधारमा प्रहरीले उनलाई गत १८ जेठमा पक्राउ गरी सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरेको थियो।

जाहेरीमा उल्लेख भए अनुसार नेम्कुलसँग पीडित महिलाको विगत ५ वर्षदेखि चिनजान थियो। यसअघि पनि उनी उपचारका लागि सोही क्लिनिकमा जाने गरेकी थिईन। गत २ वैशाखको विहान घुँडा दुखेपछि जचाउँन उनी नेम्कुलको क्लिनिकमा गएकी थिईन।

समस्या सुनाई सकेपछि नेम्कुलले महिलालाई बेडमा सुत्न लगाई क्लिनिकको ढोका बन्द गरे। घुँडा पनि हेर्नुपर्छ भन्दै लुगा पनि खोल्न लगाए। त्यस क्रममा उनले लठ्याउने सुई लगाइदिएर बलात्कार गरेको महिलाको आरोप छ।

बलात्कारपछि घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिएको उनको भनाई छ। ‘तर मैले घटनाबारे आफन्तलाई सुनाएँ र हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी दिएँ।’ उनले भनेकी छिन्।

नेम्कुलले भने जग्गा कारोबारका क्रममा आफूबाट पैसा असुल्न बलात्कारको आरोप लगाएको दाबी गरेका छन्। चीनबाट इन्टर्नल मेडिसिनमा एमडी गरेका नेम्कुल मिडाट र गणेशमान अस्पतालमा पनि काम गर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट