वेहुलाको घर नपुग्दै वेहुलीको मृत्यु, नाच्दानाच्दै ढलेकी श्रेया फेरी उठिनन्

काठमाण्डौं– विवाह सवैको जिवनको सवैभन्दा महत्वपूर्ण अवसर हो। धेरै मान्छे वर्षौदेखि आफनो विवाहको तयारी गर्छ। लगाउने कपडा, विवाहमा सहभागि हुनेहरुका लागि खाना, विवाहमा हुने धार्मिक तथा सामाजिक परम्परा तथा विवाहपछिको भोजका विषयमा मानिसले लामो समयदेखि योजना बनाएको हुन्छ।

समय परिवर्तनसँग मानिसले अव घरमा विवाह गर्न छोडे। लामो यात्रा गरेर अन्तै विवाह गर्ने परम्पराको विकास हुन थालेको छ। जहाँ केही आफन्त, साथी भाई र नातेदार मात्रै सहभागि हुने गरेका छन्। यस्तै परम्परा अनुसारको विवाह गर्दा भारतमा एउटा दुर्घटना भएको छ।

हालै लखनऊका एक युवक र दिल्लीकी श्रेया जैन डेस्टिनेशन वेडिङका लागि उत्तराखण्डको नैनीताल गए। आफनो परिवार र साथीभाई सहित विवाहका लागि पुगेका उनीहरु नैनीतालस्थित भीमतालमा रहेको रिसोर्टमा बसेका थिए।

विवाहका धेरै परम्परा मध्ये मेहन्दीको परम्परा सुरु भयो। विवाहलाई रमाईलो वनाउन वेहुली नाचिरहेकी थिईन। नाच्दानाच्दै उनको मृत्यु भयो। विवाहको खुसियालीमा वेहुलीकै मृत्यु भएपछि केहीछिन अघिको खुसी शोकमा परिणत भयो।

नाच्दानाच्दै बेहोश भएर लडेकी श्रेयालाई आनन फाननस्थित अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले वचाउने भरपुर प्रयास गरे पनि सफल हुन सकेनन्। उपचार सुरु गरेको डेढ घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरे। उनिहरुका अनुसार श्रेयाको मृत्यु हर्ट एट्याक (हृदयघात) का कारण भएको हो।

डान्स गरिरहेकी वेहुलीकै मृत्यु भएपछि यो घट्नाले सामाजिक सञ्जाल निकै तताएको छ। किनकी भारतमा यसरी विवाहका क्रममा मृत्यु भएको यो पहिलो घट्ना होईन, यस अघि पनि यस्ता कयौं घट्ना भएका छन्। केही महिनाअघि मेरठमा पनि यस्तै घट्ना भएको थियो। आफनी दिदीको विवाहमा नाचिरहेकी १९ वर्षीया किशोरीको हर्टएट्याकका कारण मृत्यु भएको थियो। फेब्रुअरीमा नोएडामा पनि नाच्दानाच्दै एक ब्यक्तिको हर्टएट्याकका कारण मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट