दीपेन्द्र र सन्दीपसँगै रोहित पौडेलले पनि ग्लोबल टी–२० लिग खेल्ने, टोरन्टो नेशनलमा आवद्ध

काठमाडौं– नेपाली क्रिकेट टीमका ३ जना खेलाडीले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका छन्।

कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी–२० लिग खेल्ने छन्।

सन्दीप र दीपेन्द्र एउटा टिम र रोहितले अर्को टिमबाट लिग खेल्ने पक्का भएको छ। सन्दीप र दीपेन्द्र टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध भएका हुन्।

सन्दीप र दीपेन्द्र यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । रोहित भने पहिलो पटक उक्त लिग खेल्न लागेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट