सामान्य प्रशासनमन्त्री जोशीका भतिज ठगी आरोपमा पक्राउ

काठमाण्डौं– सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी ठगी आरोपमा पक्राउ परेका छन्। कञ्चनपुरका ३५ वर्षीय जाशीलाई शुक्रबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार वैदेशिक रोजगार ठगी प्रकरणमा उनलाई पक्राउ गरिएको हो।

उनीमाथि माल्टा पठाउने नाममा ६ जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। प्रहरीले पक्राउ गरेपछि केशवराजले प्रहरीलाई आफू मन्त्रीको भतिज रहेको बताएका थिए।

उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट