प्रहरी नियन्त्रणमा रहेका भारतीय युवक पिसाव फेर्ने वहानामा फरार

वीरगञ्ज– सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका एक भारतीय युवक पिसाव गर्ने वहाना बनाएर फरार भएका छन्। स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित पक्राउ परेका भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनियाका ३१ वर्षीय गजेन्द्र राय गौर भन्सार कार्यालयबाट फरार भएका हुन।

रायलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका– ७ बंकुलस्थित भन्सार गेटबाट बिआर ०५ बिबी ६२१२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो। विहिवार साँझ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए।

रकमसहित गौर भन्सारमा बुझाउने क्रममा राय पिसाब फेर्ने बहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारततर्फ भागेको जनाईएको छ। भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापरबाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएको बताइएको छ।

सशस्त्र प्रहरी बल रौतहटले आफूहरूलाई छक्याएर राय फरार भएको दाबी गरेको छ। यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट