कप्तान रौहित पौडेलले सम्झिए गुलशन झाले नेपाललाई विश्वकपमा पुर्याएको क्षण

काठमाण्डौं– विश्वकप खेलेर विहिवार नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा नेपाललाई पुर्याउन गुल्सन झाले गरेको योगदानको स्मरण गर्दै उनलाई गाली नगर्न आग्रह गरेका छन्।

साउथ अफ्रिका विरुद्धको खेलमा गुलशनले गरेको सामान्य कमजोरीपछि उनकै कारण नेपालले म्याच हारेको भन्दै आलोचना भएपछि कप्तान पौडेलले यस्तो आग्रह गरेका हुन। केही समर्थकलले गुल्सनले गर्दा म्याच हा¥यो भन्दा एकदमै नराम्रो लागेको भन्दै उनले समर्थकभन्दा पनि बढी निराश गुल्सन भएको सुनाए।

‘खेलाडी कहिल्यै हराउँछु भनेर जाँदैन, जित्छु भनेर नै जान्छ। त्यस्तोमा २÷४ जनाले त्यस्तो भनेपछि एकदमै नराम्रो महसुस भयो। त्यस्तो नगर्दिनु। गुल्सनले हामीलाई एसिया कपमा पनि पु¥याएको हो, कति खेलहरू जिताएको छ। त्यो हाम्रो पनि जिम्मेवारी हो,’–पौडेलले भने।

साथै, उनले खेलाडीलाई यस्तो तरिकाबाट ट्रिट गर्दा गलत अर्थ जानसक्ने पनि बताए। ‘भोली आमा बुवा र परिवारले आफ्नो बच्चालाई पठाउँदैनन्’ उनले भने–‘त्यसैले खेलाडीलाई कसरी ट्रिट गर्ने भन्ने कुरा हो।’

टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले अनुभवको कमीका कारण गुल्सन रन आउट भएको वताए। अन्तिम समयमा सोमपाल र गुल्सन दुबै जना केही सोच्नै नसक्ने गरी नर्भस अवस्थामा पुगेको भन्दै उनले ‘यो सबै अनुभवको कमीको कारणहो’ भन्दै वचाउ गरे।

‘बल पछी नै छ भनेर आरामले दौडीएको थियो, कसैलाई दोषारोपण गर्ने, दोष लगाउन जरुरत छ जस्तो लाग्दैन। क्षमता भएको खेलाडीलाई उसको मर्म घटाउने काम हुन्छ यस्तो बेलामा उसलाई सम्पुर्ण मिडीया र क्रिकेट समर्थकको साथ र सहयोगको आवस्यक्ता छ’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट