सहकारी ठगीमा रवि लामिछाने विरुद्ध काठमाडौँ प्रहरीमा दर्ता भयो जाहेरी

काठमाण्डौं– सहकारीको रकम अपचलन गरेको आरोपमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेविरुद्ध काठमाण्डौंमा अर्को जाहेरी दर्ता भएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा बुधबार जिल्ला प्रहरी परिसर टेकुमा लामिछाने विरुद्ध जाहेरी दर्ता भएको हो।

सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र जीबी राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए। उक्त जाहेरी बुधबार दर्ता भएको हो।

लामिछाने विरुद्ध राजनीतिमा प्रवेश गर्नु अघि ग्यालेक्सी टेलिभिजन चलाउने क्रममा सहकारीको रकम गैरकानुनी रूपमा प्रयोग गरेको आरोप छ। सहकारी ठगीका विषयमा संसदीय छानविन समिति पनि वनेको छ।

विशेष गरी पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीबाट करोडौँ रकम ग्यालेक्सी टेलिभिजनको सञ्चालक गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा लगानी भएको आरोप लाग्दै आएको छ। लामिछाने उक्त टेलिभिजनमा प्रबन्ध निर्देशक थिए। लामिछानेले आफूले ‘गोल्डेन शेअर’ लिएको यसअघि स्वीकार गरेका थिए।

लामिछानेकै नाममा ऋण जारी भएका समाचार आए पनि उनले आफ्नो नाम अरू कसैले राखिदिएको हुन सक्ने र त्यो ऋण आफूले नलिएको दाबी गर्दै आएका छन्। उनले आफुलाई निर्दोश सावित गर्न महान्यायाधिबक्ता, प्रहरी प्रमुख, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसम्मलाई प्रयोग गरिसकेका छन्।

उनीहरुले लामिछाने सहकारी प्रकरणमा दोसी नभएको भन्दै उनको तर्फबाट वकालत गर्ने गरेका छन्। महान्यायाधिवक्ताको कार्यालयले रवि विरुद्ध उक्त मामिलामा कतै पनि उजुरी नभएको भन्ने बेहोराको पत्र समेत दिएको छ भने आईजी स्वयमले पनि उजुरी नपरेको वताएका छन्।

नेपाली कांग्रेसका कतिपय नेताहरूले उक्त पत्र दिने महान्यायाधिवक्ताको निर्णयप्रति पनि प्रश्न उठाएका छन्। नागरिकता विवादमा सांसद र उपप्रधानमन्त्री पद गुमाएका लामिछाने पुनः नागरिकता कायम गरेपछि उपनिर्वाचनबाट प्रतिनिधिसभामा फेरि निर्वाचित भएका हुन्। सत्तासमीकरण फेरिएपछि उनी अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट