विशाक्त मदिरा सेवन गर्दा तमिलनाडुमा ३४ जनाको मृत्यु

काठमाडौं– भारतको तमिलनाडु राज्यमा मा विषाक्त रक्सी खाँदा ३४ जनाको मृत्यु भएको छ भने १ सय भन्दा वढि विरामी भएका छन्। विरामीलाई अस्पताल भर्ना गरिएको छ।

स्थानीय रूपमा उत्पादन गरिएको रक्सीमा विषाक्त मेथानोलले भरिएको पाईएको मुख्यमन्त्री एमके स्टालिनलाई उद्धृत गरी पीटीआईले जनाएको छ। प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ।

घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएको राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारीले वताएका छन्। तामिलनाडुका राज्यपालले सामजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको जनाएका छन्।

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो। यसैगरी सन् २०२२ ताका गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो।

मदीराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइने गरिएको जनाईको छ। जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्ने स्वास्थ्यकर्मीहरु वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट