नेपाली कप्तान रोहित पौडेललाई हात हाल्ने बंगलादेशी बलरलाई आईसीसीको कारवाही

काठमाडौं– टी–२० विश्वकप अन्तर्गत सेन्ट भिन्सेन्टमा सोमबार भएको खेलामा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गर्दै हात हाल्ने बंगलादेशी खेलाडी कारवाहीमा परेका छन्।

आईसीसीले बंगलादेशी फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा कारवाही गरेको हो। नेपालसँगको खेल जितेपछि म्यान अफ द म्याच भएका तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ।

नेपालको इनिङको तेस्रो ओभरका अन्तिम बलमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। उनले हातै हालेर रोहितलाई धकेलेको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो।

आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन। उक्त खेलमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच घटना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट