६ किलो सुन र ४८ लाख नगदसहित चीनियाँ पक्राउ, साथमा भेटियो नेपाली नागरिक्ता

काठमाण्डौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राती काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चीनियाँ नागरिक हुन। उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। तर, उनको साथबाट प्रहरीले नेपाली नागरिक्ता फेला पारेको छ। नागरिक्तामा उनको नाम सोनाम गुरुङ उल्लेख छ।

यसअघि पनि काभ्रे र काठमाडौंबाट नक्कली नागरिकता लिएर सुन तस्करी गर्ने गरेको पुष्टी भएको थियो। अहिले फेरि त्यस्तै प्रकृतिको घटना भएकाले प्रहरीले उक्त नागरिकता नक्कली भएको आशंकामा अनुसन्धान गरिरहेको छ।

सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गरिरहेको थियो। सोही क्रममा तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम पक्राउ परेका हुन।

उनको कोठामै ६ किलो सुन र ४८ लाख नगद बरामद भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट