नेपाली क्रिकेट टीमका प्रत्येक खेलाडीलाई १३ लाख पुरस्कार प्रदान

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले जनही १३ लाख रुपैयाँ पाएका छन्। टी–२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरिएको हो। युवा तथा खेलकुद मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरिएको हो।

यसैगरी, प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई पनि नगद रकम उपलब्ध गराईएको छ। टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको हो।

नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो। त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वैठकले छनोट प्रतियोगितामा सहभागी १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गरेको थियो।

गत १७ कात्तिकमा मूलपानी क्रिकेट मैदानमा भएको आईईसी टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट