उत्तराखण्डमा पर्यटकले खचाखच भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

काठमाण्डौं– भारतको उत्तरखन्ड राज्यमा सडकमा गुडीरहेको पर्यटक बस भिरबाट ३ सय मिटर तल खस्दा १४ जनाको मृत्यु भएको बताइएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका २६ जना पर्यटक सवार उक्त गाडी अन्तर्गत रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट अलकनन्दा नदीको किनारमा खसेको थियो। गुरुग्रामबाट तुंगानाथ–चोपटा जाँदै गर्दा शनिबार बिहान साढे ११ बजे रुद्रप्रयाग मुख्यालय नजिकै गाडी दुर्घटनामा परेको बताइएको छ।

गाडी अनियन्त्रित भई भीरबाटबाट खस्दा ज्यान गुमाएका १४ जना मध्ये १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। ति मध्ये ३ जनाको सनाखत हुन नसकेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट