विश्वकपमा नेपाल साउथ अफ्रिकासँग हार्नुमा यी ४ खेलाडीको छ भुमिका

राजविराज– आईसीसी टी–२० विश्वकप ०२४ को ऐतिहाँसिक भिडन्तमा उत्कृष्ठ प्रदर्शन गरेर पनि साउथ अफ्रिकासँग नेपाल १ रनले पराजित भयो। यसले एकातर्फ नेपालले गर्व गर्ने अवस्था त बनेको छ तर, जितिसकेको म्याच हार्दा अँध्यारो मुख बनाएर निरास हुनु पर्ने र पछुतो मान्नु पर्ने बाध्यता पनि छ।

नेपाली खेलाडीले म्याच जित्नका लागि आफनो जिउज्यान लगाएका थिए। फलस्वरुप साउथ आफ्रिकालाई सस्तोमै समेटन नेपाली खेलाडी सफल भए। नेपाली बलर सामु निरिह बनेको साउथ आफ्रिका ११५ रनमै समेटियो।

ब्याटिङतर्फ पनि नेपाली खेलाडीले गर्व गर्न लायक प्रदर्शन गरे। एक समय म्याच नेपालको पक्षमा पुगिसकेको थियो। एसोसियट टिम भएर पनि नेपालले साउथ अफ्रिकालाई आच्छु–आच्छु पार्यो। तर, नतिजा भने आफनो पक्षमा पार्नबाट चुक्यो। यद्यपी विश्वलाई ‘नेपाल अव कमजोर छैन’ भन्ने सन्देश दिन भने नेपाल सफल भएको छ।

अव कुरा गरौं नेपालले म्याच हार्नुका कारण बारे। नेपालले म्याच हार्नुमा ४ खेलाडीको भुमिका महत्वपूर्ण रह्यो। जस्मा पहिलो नम्वरमै परे, नेपालका खेलाडी गुलशन झा। नेपाललाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो। स्ट्राईकमा रहेका गुलशनले तेस्रो बलमा चौका र चौथो बलमा दुई रन बटुलेका थिए। दुई बलमा दुई रन चाहिएको थियो।

उनको काम खाली वल हानेर १/१ रन वटुल्नु थियो। तर, उनले त्यो काम पनि सहज रुपमा पुरा गर्न सकेनन्। गुलशन झालाई ओटनिल बार्टमानले डट राखे। अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए। एक फिट कुद्न ढिला हुँदा उनी रनआउट भएका हुन।

उनले अन्तिम वलमा गरेको अल्छिले नेपाल स्तब्ध भयो। उनले ड्राइभ हानेर रन पुरा गर्न सक्थे, तर उनी अलमलिएर रन पुरा गर्नबाट चुके। उनको एक फिटको यही अल्छिले म्याच नेपालको हातबाट फुत्कियो। यतिमात्रै होईन, उनले ब्याट समातेपछि ३ वटा डट बल खेल्नु पनि हारको कारण बन्यो।

नेपालको हारमा महत्वपूर्ण भुमिका खेल्ने अर्का खेलाडी हुन– नेपाली टिमका कप्तान रोहित पौडेल। उनले खेल अवधिभर उत्कृष्ठ कप्तानी गरे। तर, टीमको हौसलाका लागि खेलमा उनी जसरी टिकिरहनु पर्ने थियो, त्यो भुमिकामा चुके। कप्तान रोहित शून्यमै बोल्ड आउट भए। उनी टी–२० विश्वकपमा खाता नखोली आउट हुने पहिलो कप्तान बन्न सफल भएका छन्।

नेपाल हार्नुको अर्को प्रमुख कारण हो– साउथ अफ्रिकाका बलर ताब्राइज साम्सी। उनले नेपाललाई दबाबमा राखेर साउथ अफ्रिकालाई लयमा फर्काउन ठुलो योगदान गरे। साम्सीले आफ्नो चौथो ओभरमा दीपेन्द्रसिंह ऐरी र नेपालका लागि टिकेर खेलिरहेका आसिफ सेखलाई आउट गरी दिए। यतिमात्रै होईन, साम्सीले ४ ओभरमा मात्र १९ रन दिएर नेपालको महत्वपूर्ण ४ विकेट चप्काई दिए। नेपालको हारमा सवैभन्दा ठुलो हात उनकै रह्यो।

नम्वर चारमा परे, साउथ आफ्रिकाका ब्याट्सम्यान रिजा हेन्ड्रिक्स। पावर प्लेको पहिलो ६ ओभरमा साउथ अफ्रिकालाई ३८–१ को अवस्थामा रोकेको नेपालले त्यसपछि झनै किफायती बलिङ गरेको थियो। ब्याटर खुलेर खेल्न सकेका थिएनन्। साउथ अफ्रिकाले १० ओभरमा १ विकेट गुमाइ ५७ रनमात्र बनाउन सकेको थियो।

यसैबीच रिजा हेन्ड्रिक्सले साउथ आफ्रिकालाई टाउको उठाएर खेल्न सक्ने सम्मान जनक अवस्थामा पुर्याए। उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्धतले सर्वाधिक ४२ रन बनाए। उनलाई १६औं ओभरमा कुशल भुर्तेलले कट एन्ड बोल्ड गरे। हेन्ड्रिक्स ३२ बलमा ३० रन बनाएको समयमा अविनाश बोहराको बलमा भुर्तेलले लङ अफमा सजिलो क्याच छाडेका थिए। त्यति वेलै उनलाई रोक्न सकेको भए साउथ अफ्रिकाको स्कोर अझै कम हुन सक्थ्यो। जसका कारण म्याच नेपालको पक्षमा हुन सक्ने सम्भावना थियो।

तर, गुलशनले म्याचको विट मारेपछि खेलाडीहरुले आँसु झारे, दर्शक/समर्थकको रुवावासी चल्यो। उनले अन्तिम रन पुरा गरेको भए अहिले नेपालमा खुसियालीको माहौल हुन्थ्यो। तर, त्यो अवस्था बन्न सकेन। यति हुँदा हुँदै पनि नेपालले साउथ अफ्रिकालाई कडा टक्कर दिएको छ। विश्वले नेपालको प्रदर्शको तारिफ गरिरहेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट