गुलशन झा एक फिट कुद्न ढिलो गर्दा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप ०२४ मा सुपर–८ मा पुग्ने नेपालको सपना तोडिएको छ। सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै नेपालको सुपर ८ को यात्रा सकिएको हो।

नेपाललाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो। गुलशनले तेस्रो बलमा चौका र चौथो बलमा दुई रन बटुलेका थिए। दुई बलमा दुई रन चाहिएको थियो। गुलशन झालाई ओटनिल बार्टमानले डट राखे। अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए। एक फिट कुद्न ढिला हुँदा उनी आउट भएका हुन।

सोही एक फिटको ढिलाईने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो। ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए भने ओपनर कुशल भुर्तेलले कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रन बनाए।

कप्तान रोहित पौडेल शून्यमा बोल्ड आउट भए। अनिल साह २७, दीपेन्द्र सिंह ऐरी ६, सोमपाल कामी ८ र गुलशन झा ६ रनमा सिमित भए। दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए भने क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए।

नेपालका कुशल भुर्तेलले एक्लै ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट