चिट चोर्न नदिएको रिसमा क्याम्पस प्रमुखको हत्या, २ जना पक्राउ

विरगञ्ज– बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरु शुक्रबार साँझ नै पक्राउ परेका हुन।

पक्राउ परेकाहरुको विषयमा प्रहरीले थप जानकारी दिएको छैन। तर, प्रारम्भिक अनुशन्धानमा परीक्षामा चिट चोर्न नदिएको रिसमा क्याम्पस प्रमुखमाथि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले एसपीको नेतृत्वमा घटनाको अनुसन्धान थालिसकेको छ। क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका कुशवाहलाई शुक्रबार अपरान्ह करिव साढे ५ वजे अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए।

मोटरसाईकलमा आएका उनिहरुले पछाडिबाट गोली हानेको जनाईएको छ। पिठ्यँमा गोली लागि गम्भीर घाइते कुशवाहलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो।

अस्पताल भर्ना भएको केही समयपछि नै चिकित्सकहरुले कुशवाहालाई मृत घोषणा गरेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट