अज्ञात समूहको गोली प्रहारबाट घाईते भएका क्याम्पस प्रमुख कुशवाहको मृत्यु

विरगञ्ज– अज्ञात समुहको गोली प्रहारबाट घाईते भएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ।

गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। बाराको आदर्श कोतवाल नगरपालिका–२ खजुरिया टोल निवासी कुशवाहमाथि सोही नगरपालिका–३, बतरामा शुक्रबार करिव साढे ५ वजे गोली प्रहार भएको हो।

घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए। उनको पिठ्युँमा गोली लागेको थियो।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्ज लगिएको थियो। गोली प्रहार गर्नेको पहिचान भएको छैन। अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा डीएसपी दधिराम न्यौपानेले बताए।

यसअघि गतवर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको पनि गोली हानी हत्या गरिएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट