सरकारी विद्यालयमा पढन छोडेर धामी खेलाउँछन् विद्यार्थी, अक्षतापाती बोकेर दगुर्छन शिक्षक (भीडीओसहित)

राजविराज– विद्यालय शिक्षाको मन्दिर हो। यहाँ पठनपाठन हुन्छ। तर, अछामको ढकारी गाउँपालिका–१, रिमामा रहेको विश्वज्योति आधारभूत विद्यालयमा भने विद्यार्थीहरु पढ्न छोडेर धामीझाँक्री र टुनामुना गर्न थालेका छन्।

शिक्षकहरु भने उनिहरुलाई उत्साहित वनाउँदै ‘दुधको दुध पानीको पानी’ छुट्याउन अनुनय गरिरहेको देखिएका छन्। अहिले सामाजिक सञ्चालमा उक्त विद्यालयको एउटा भिडियो सार्वजनिक भएको छ। भिडियो अनुसार विद्यालयका दुई छात्र र एक छात्रा कम्युटर कक्षामा एकै ठाउँमा गोलो घेरा बनाएर धामी–झाँक्रीझैं मन्त्र फुकिरहेका छन्। उनीहरु मन्त्र फुक्दै बुरुकबुरुक उफ्रिन्छन् । ती छात्राको टाउकोमा हान्छन्,भुताल्छन्। उनीहरुले थालमा अक्षतापाती पनि राखेका छन् ।

त्यसले ती छात्राको अनुहारमा हिर्काउँछन्। यता, पछाडिबाट एक जना शिक्षकले भन्छन्,‘लौ त यो परमेश्वर महाराज प्रभु। यो स्कूलमा अब हामीले देउता या देउकी पढाउने हो। यो दिनका दिन यस्ता घटनाहरु विगतमा हुन्थे, दोहोरिएका थिएनन्। फेरि यस्ता घटना हुन थालेका छन् ।’

अन्य शिक्षकहरुले चाँहि चोखो पानी ल्याएर उनीहरुमाथि छर्किन भन्छन्। एउटा शिक्षकले पानी ल्याएर छात्रको हातमा दिन्छन् । छात्रले त्यो पानी छात्राको मुखमा छ्याप्छन् । त्यसपछि उनीहरुले ‘छाड–छाड’ भनेको भिडियोमा सुन्न सकिन्छ । एक जना शिक्षक ‘दुधको दुध पानीको पानी छुट्याउनु पर्यो’ भन्दै गरेको सुनिन्छ।

एक जना शिक्षक भने भिडियो खिच्नमा मस्त छन्। अन्धविश्वासलाई निरुत्साहन गर्न भूमिका खेल्नुपर्ने शिक्षक नै रमिता हेर्नमा मस्तमगन भएपछि धेरै विरोध भएको छ । उक्त भिडियोमाथि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ। अधिकांशले रमिता हेर्नुभन्दा विद्यार्थीहरुको उपचारमा जोड दिन त्यहाँका शिक्षकहरुलाई सुझाव दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट