उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलको निधारबाट हट्यो कलंकको टीका, भ्रष्टाचार मुद्दामा सफाई

काठमाडौं– उदयपुर सिमेन्ट उद्योगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले भ्रष्टाचार मुद्दामा उन्मुक्ति पाएका छन्। विशेष अदालतले पौडेलसहित ८ जनालाई सफाई दिएसँगै उनीहरु भ्रष्टाचारको कलंकबाट जोगिएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालिन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालिन कामु उपनिर्देशक पवनकुमार कर्ण, प्रवन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रवन्धक कमलराज पौडेल निर्देशकहरु ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई सफाई दिएको हो।

अध्ययनबिना आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरुमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको आरोप लगाएको थियो। उनीहरूले भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको आरोप थियो।

‘बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको अख्तियारले आरोप लगाएका थियो। खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल पार्ट–ए उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण गरिएको छैन।

२२ लाख ७८ हजार ३०५ रुपैयाँ ६० पैसा बराबरको रकम भुक्तानी गरी उद्योगलाई हानि पु¥याएको अख्तियारको आरोप पत्रमा उल्लेख थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट