अभिनेत्री सोनाक्षी सिंहाको विवाहमा आउने पाहुनालाई तोकियो ड्रेस कोड, रातो कपडा प्रतिवन्ध

काठमाण्डौँ– पछिल्लो केही दिनदेखि भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र जाहीर इकबालको बिवाहले सामाजिक सञ्चालमा चर्चा पाईरहेको छ। सोनाक्षीले २३ जुनमा विवाह गर्दैछिन्।
विवाहलाई अत्यन्तै गोप्य राखिएको छ। त्यसैले निश्चित ब्यक्ति वाहेक विवाहका वारेमा औपचारिक जानकारी पाउने मानिसको संख्या कम छ। मुम्बईको रेस्टुरेन्ट बास्टियनमा हुने भनिएको विवाहमा परिवार र केही विशेष साथीहरू मात्र आमन्त्रित छन्।
एक रिपोर्टका अनुसार सोनाक्षी र जहीरको बिवाहको कार्यक्रम दुई दिनसम्म चल्ने छ। दुबैले कोर्ट म्यारिज गर्ने भएका छन्। सोनाक्षीका एक साथीले भारतीय मिडियालाई बताए अनुसार उनलाई २३ जुनको साँझ सेलिब्रेशनका लागि निम्तो दिईको छ। तर, बिवाहको कुरा गरिएको छैन।
एक समयका चर्चित भारतीय अभिनेता तथा सोनाक्षीका बुबा शत्रुघन सिंहाले समेत छोरीको विवाहको वारेमा जानकारी नभएको जनाएका छन्। रिपोर्टका अनुसार सोनाक्षी आफ्नो विवाहलाई गोप्य राख्ने तर आफ्नो विशेष दिनलाई उत्कृष्ट बनाउने योजनामा छिन्। त्यसैले विगत केही महिनादेखि नै उनी तयारीमा जुटेकी छिन्।
सोनाक्षीले विवाहलाई जति नै लुकाउन खोजेपनि एउटा निमन्त्रणा कार्ड लिक भएको छ। स्रोतका अनुसार कार्डमा विवाहमा आमन्त्रित अतिथिलाई ड्रेस कोडको ब्यवस्था गरिएको छ। उनीहरुले रातो कपडा लगाउन पाउने छैनन्। त्यसैले सोनाक्षीले रातो लेहेंगा लगाउने सम्भावना रहेको मिडियाहरुले उल्लेख गरेका छन्।