अत्याधिक गर्मी वढेपछि दाङमा विद्यार्थीहरु वेहोस भएर सोत्तर

काठमाण्डौं– अत्याधिक गर्मी वढेपछि दाङको एउटा सरकारी विद्यालयका विद्यार्थीहरु वेहोस भएर सोत्तर भएका छन्।

तुलसीपुर– ११ स्थित अमर मावि उरहरीको कक्षा ८ र ९ मा पढ्ने ६ जना विद्यार्थी एक्कासी बेहोस भएका हुन। विद्यालयका अनुसार कक्षा ८ का ५ जना र कक्षा ९ का १ जना विद्यार्थी बुधबार साढे १ बजेतिर बेहोस भएका हुन।

बुधबार दाङको तापक्रम ४०.२ डिग्री सेल्सियस थियो। विद्यार्थी बेहोस भएपछि उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीसहितका स्वास्थ्यकर्मी विद्यालयमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेका थिए। वलीका अनुसार गर्मीकै कारण उनीहरूमा स्वास्थ्यमा समस्या आएको हो।

विद्यार्थीमा बान्ता आउने, पिसाबमा समस्या हुने, टाउको दुख्ने समस्या देखिएको थियो। स्वास्थ्य चौकीबाट औषधि दिएपछि उनीहरु सामान्य अवस्थामा फर्केको वलीले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट