नेपालीसमेत बस्ने कुवेतको श्रमिक क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु, कस्तो छ नेपालीको अवस्था ?

काठमाडौँ — नेपाली श्रमिकहरु समेत वसोवास गर्ने कुबेतको एक लेवर क्याम्पमा बुधबार आगलागी हुँदा ४३ जना आप्रवासी कामदारको मृत्यु भएको छ। मृत्यु हुने कामदारको पहिचान भईसकेको छैन।

माङ्गाफस्थित उक्त क्याम्पको अवस्थाबारे यकिन विवरण आइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ। आगलागीमा घाइते भएका ४८ जनाको उपचार भइरहेको छ।

उक्त क्याम्पमा एनबीटीसी कम्पनीमा कार्यरत करिब एकसय ६० जना श्रमिक बस्दै आएका छन्। जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन्। नेपाली दूतावासका अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको छ।

बुधवार बिहान साढे ४ बजे क्याम्पको तल्लो तलाको एउटा कोठामा राखिएको सिलिण्डर बिष्फोट भएर आगो सल्किएको थियो। घाइतेहरुको क्रेनको प्रयोग गरेर उद्धार गरिएको थियो। आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी भएको भवनको मालिक, सुरक्षागार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन्।

घटनास्थलमा नेपाल, भारत र बंगलादेशका दूतावासहरुका अधिकारीहरु पुगेका छन्। उनीहरुलाई प्रहरीले श्रमिकको राष्ट्रियताबारे खुलाएको छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट