सप्तकोशीमा राजश्वको रकम कर्मचारीको गोजीमा, कार्यालयमा छैन रसिदको हिसाव–किताव

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिकामा कर्मचारीहरुले राजश्व संकलनका नाममा सर्वसाधारणसँग रकम असुल गरी गोजी भर्ने गरेको खुलासा भएको छ। मेयर र प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवारीका कारण यस्तो अवस्था आएको महालेखा परिक्षकको प्रतिवेदनमै उल्लेख छ।

प्रतिवेदन अनुसार नगरपालिका कार्यालयले राजस्वको अभिलेख अध्यावधिक गरी सोको लेखापरीक्षण गराउने जिम्मेवारी कार्यालय प्रमुखको हुने व्यवस्था छ। सप्तकोशी नगरपालिकाले राजश्व संकलनकाा लागि रसिद ठेलिहरु छपाई गरेर वडा कार्यालयमा पठाउने गरेको छ। तर, त्यसको विवरण वडा कार्यालयबाट नगरपालिकामा पठाउने गरिएको छैन।

महालेखा परिक्षकको कार्यालयबाट नगरपालिकाको लेखा परिक्षण गर्ने क्रममा अघिल्लो आर्थिक वर्षमा वडा कार्यालयहरुलाई कति रसिद पठाईयो, त्यस मध्येमा कति खपत भयो र कति बाँकी छ भन्ने रेकर्ड समेत फेला नपरेको जनाईएको छ।

नगरपालिका कार्यालयबाट सवै वडाहरुमा स्वचालित प्रणाली जडान नगरेको अवस्थामा कर्मचारीहरुले छुट्टै रसिद छपाएर रकम संकलन गरिरहेको हुन सक्ने आशंका प्रतिवेदनमा गरिएको छ। ‘कार्यालयबाट सवै वडाहरुमा पनि स्वचालित प्रणालि जडान गरी राजस्व सङ्कलन गर्ने तर्फ कार्यालयको ध्यान जानुपर्दछ। स्वचालित प्रणाली जडान नहुँदा व्यक्तिहरुले छुट्टै रसिद छपाउने जोखिम विद्यमान रहन्छ। अतः कार्यालयले आगामी दिनमा रसिद नियन्त्रण तथा राजश्व असूलीलाई स्वचालित प्रणाली मार्फत व्यवस्थापन गर्न विशेष ध्यान पुर्याउनुपर्ने देखियो’– प्रतिवेदनमा भनिएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट