आईसीसी टी—२० विश्वकप: नेपाल र श्रीलंकाको १/१ अंक, दक्षिण अफ्रिका सुपर–८ मा

काठमाडौं – अमेरिकाको फ्लोरिडामा हुने भनिएको नेपाल र श्रीलंकाबीचको दोस्रो खेल वर्षाका कारण रद्ध भएको छ।

आईसीसी टी—२० विश्वकप अन्तर्गत आज बिहान सवा ५ बजेदेखि हुने भनिएको खेल वर्षाका कारण रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले १–१ अंक बाँडेका छन्। यससँगै नेपालले विश्वकपमा पहिलो अंकसमेत प्राप्त गरेको छ।

यो खेल रद्ध भएसँगै दक्षिण अफ्रिका भने सुपर ८ मा पुगेको छ। दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने पहिलो टिम बनेको छ।

नेपाल र श्रीलंकाले पहिलो अंक पाएसँगै विश्वकपको सुपर–८ को गणीतीय सम्भावनालाई कायम राखेका छन। नेपालले २ खेलमा १ मा हार र १ मा अंक बाँडेपछि चौथो स्थानमा छ भने ३ खेलमा २ मा हार र १ मा अंक बाँडेको श्रीलंका समूहको पाँचौं स्थानमा छ।

नेपालले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ। यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, बंगलादेश र श्रीलंका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट