सोमबार विहानदेखि हराएको विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाकै मृत्यु

काठमाण्डौं– सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेपछि वेपत्ता भएको विमान दुर्घटनामा परेर मलावीका उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ।

मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृंखलामा वेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो। साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए।

विमानलाई विमानस्थलबाट दिइएको सङ्केतबारे एयर ट्राफिक अधिकारीले भनेका छन्–‘विमान लिलोङवेबाट करिब २०० माईल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो।’

उक्त दुर्घटनामा मृत्यु भएका चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो। राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट