खेलाडी नेपालमै छोडेर क्रिकेट हेर्न श्रीमतीसहित अमेरिका उडे क्यान पदाधिकारी

काठमाण्डौं– नेपाली क्रिकेट टिमलाई विश्वकपमा पु-याएका सन्दीप लामिछाने अहिले भिसा नपाउँदा तनावमा छन्। उनको अमेरिका जाने प्रकृया अझै पनि अन्यौंलमै छ। तर, उनी स्वयमले भने विश्वकम खेल्न नपाउने सम्भवाना देखि सकेका छन्। जुन कुरा उनले आफनो फेसबुक पेज मार्फत ब्यक्त गरेका छन्।

यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो। त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो।

यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन। जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी निकट स्रोतले जनाएको छ।

भिसाको विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गर्न जाँदा मन्त्रीले घुमाउरो तरिकाले आफूले नसक्ने जनाउ दिइसकेको जनाईएको छ। पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले नै भिसाको लागि प्रयास जारी राखिएको बताईन्छ।

तर, लामिछानेले भिसा पाउने सम्भावना भने टरेर गएको देखिन्छ। नेपाली खेलकुदका विषयमा लामो समयदेखि कलम चलाईरहेका पत्रकार नविन अर्यालको भनाई मान्ने हो भने सन्दीपको भिसा रद्द गर्न क्यानकै पदाधिकारी लागि परेका छन्। फेसवुकमा उनले लेखेका छन्–‘सन्दीप लामिछानेको भिषा रद्ध गर्न अमेरिकी दूतावासमा उजुरी हाल्ने र आफ्नो श्रीमतिलाई विश्व कप क्रिकेटको बहानामा अमेरिका घुमाउन भिषाका लागि दूतावासमा दर्खास्त हाल्ने नेपाली क्रिकेट संघका ‘धमिरा’ हरूलाई आम नेपाली क्रिकेट प्रेमिले चिनिराखौं।’

नभन्दै उनको कुरा सत्य सावित हुँदै गएको छ। उनकै भनाई अनुसार सन्दीप लामिछाने भिसाका लागि भौतारिई रहेका वेला क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। नेपाली कांग्रेसको वैतडी जिल्ला सभापतिसमेत रहेका अध्यक्ष चन्दले काठमाडौंको नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका लगेको स्रोतको दावी छ।

उनीहरु जेठ १५ गते मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्। विश्वकप खेल्ने टिमका लागि आइसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ। जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आइसीसीले नै व्यहोर्ने गर्छ।

आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलव्ध गराएको थियो। क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रुपमा अमेरिका गएका छन्। नेपाली टिम झण्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका गएका हुन। अर्का केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा टिमसँगै गएका छन्।

सचिवसहित अन्य केन्द्रीय सदस्यहरु पनि केही दिनमै अमेरिका जाने तयारीमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट