प्रेम विवाह गरेको साता दिन नवित्दै श्रीमान विरुद्ध बलात्कारको मुद्दा
काठमाडौं– काठमाडौंकी एक महिला प्रेम विवाह गरेको साता दिनमै पति विरुद्ध बलात्कार मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगेकी छिन्।
७ वैशाखमा बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा विवाह गरेकी प्रियसना (नाम परिवर्तन) १४ वैशाखमा बलात्कारको मुद्दा लिएर प्रहरी कार्यालय पुगेकी हुन। उनको मुद्दा प्रहरीले काठमाडौं जिल्ला अदालतमा पुर्याएको छ।
अदालतमा दायर भएको अभियोग पत्रमा उनका पति नयाँ बानेश्वर वस्ने प्रितम (नाम परिवर्तन) लाई ५ वर्ष कैद सजाय माग गरिएको छ। प्रहरीका अनुसार प्रियसनाको यो दोस्रो विवाह हो। उनी १० वर्ष जापान वसेर विवाहकै लागि २ महिनाअघि नेपाल फर्किएकी हुन।
जापानमै रहँदा उनको आफन्तकै चिनजानका प्रितमसँग प्रेम सम्वन्ध जोडिएको थियो। त्यसपछि उनी विवाहका लागि नेपाल आईन। तर, विवाह भएको साता वित्न नपाउँदै आफुमाथि बलात्कार भएको भन्दै पति विरुद्ध मुद्दा दर्ता गर्न उनी प्रहरी कार्यालयमा पुगेकी थिईन।
आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने र आफुले अस्विकार गर्दा कुटपिट गर्ने गरेको उनको आरोप छ। जानकारी अनुसार उनले यसअघि पनि प्रेम विवाह नै गरेकी थिईन। उनीहरु श्रीमान श्रीमती नै जापानमा थिए। उनीहरुको सम्वन्ध विग्रिएपछि प्रियसना दोस्रो विवाह गर्ने अवस्थामा पुगेकी थिइन्।
१३ वर्षअघि पहिलो विवाह गरेका प्रितमको पनि यो दोस्रो विवाह नै हो। करिव ३ वर्षअघि उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको खुलेको छ। त्यसपछि उनी प्रियसनासँग नजिकिएका थिए। जाहेरीमा उल्लेख भए अनुसार विवाहपछि १३ वैशाखमा प्रितमले यौन सम्पर्क राख्न खोजे। तर, प्रियसनाले अस्विकार गरिन्। त्यसपछि आक्रोशित भएका उनले विवाहमा दिएको सबै सुनका गरगहना खोसे।
प्रियसनाकी दिदीका अनुसार विवाहको दुई दिनमै प्रितमले दाइजो र विवाह भोजको रकम मागेर कुटपिट गर्न थालेका थिए। वहिनीले आफुलाई यो कुरा फोनमा सुनाएको उनको भनाई छ। त्यसपछि आफुले वहिनीलाई आफनो घरमा बोलाएको उनको भनाई छ।
यता, प्रितमले भने प्रियसनाका दिदी वहिनीकै आरोपको खण्डन गरेका छन्। आफ्ना बुबासँग प्रियसनाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भन्दै अपमान गरेको र त्यो कुरा आफूले थाहा पाएपछि २ जनाबीच सामान्य विवाद भएको उनले प्रहरी समक्ष बताएका छन्।
आफूले सम्झाउन कोठामा लैजाँदा प्रियसना लडेकोसम्म उनले स्विकार गरेका छन्। ‘कोठामा पुगेपछि स्थिति सामान्य भएको हो। भोली पल्ट विहान प्रियसनाको दिदीले घर कुर्न वोलाएपछि मैले नै बालकोटमा रहेको दिदीको घरसम्म पुर्याई दिएको हो।’– उनले भनेका छन्।