बंगलादेशका सांसदको भारतको कोलकातामा हत्या, ३ जना पक्राउ

काठमाडौं– ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार भारतको कोलकाता स्थित फ्ल्याटमा मृत फेला परेका छन्। बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले यसको पुष्टि गरेका हुन।

कोलकाता प्रहरीले भने सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको बताएको छ। प्रहरीले यस घटनामा पूर्व नियोजित भन्दै ३ बंगलादेशीलाई पक्राउ गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए।

१३ मे देखिनै उनी बेपत्ता भएका थिए भने फोन स्विच अफ भएको थियो। १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयका लागि स्विचअन भएको थियो। सोही फोनबाट उनको परिवारका सदस्यहरूलाई सन्देश पठाइएको प्रहरीले जनाएको छ।

अनवारुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन्। उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ सिटबाट चुनाव जितेका थिए। अनवरुलको मृत्यु हुनुअघि उनका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट