ट्राफिक प्रहरीको हत्या लगत्तै काठमाडौंमा फेरी भेटियो अर्का पुरुषको शव

काठमाडौं– देशको राजधानी काठमाडौंमै एक पछि अर्को अपराधका घट्ना घट्न थालेका छन्। काठमाडौंको थलीमा फेरी एक जना पुरुषको शव फेला परेको छ।

थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। करिव ३५ वर्षीय पुरुषको शव पहिचान भएको छैन। कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थमा शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार घटनास्थलमा ब्लेडसमेत फेला परेको छ। शंकास्पद अवस्थामा शव फेला परेकाले घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

केही दिनअघि मात्रै ट्राफिक प्रहरी युवराज घिमिरेको शव फेला परेको थियो। अनुशन्धानका क्रममा उनको हत्या गरेको खुलेको थियो। हत्यामा संलग्न उदयपुरका १ बालकसहित ७ जनालाई प्र्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट