उपचारमा लागेको १० लाख बुझाउन नसक्दा अस्पतालमै बन्धक बन्यो सप्तरीकी दलित महिलाको शव

विराटनगर– उपचारमा लागेको १० लाख रुपैयाँ वुझाउन नसक्दा सप्तरीकी एक दलित महिलाको शव तीन दिनदेखि विराटनगरको एक अस्पतालमा बन्धक बनेको छ।

बलानबिहुल गाउँपालिका–२ की ४२ वर्षीय श्यामकुमारी रामको शव विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा बन्धक वनेको हो।

मृतकका पति उमेशले विराटनगरमा पत्रकार सम्मेलन गरी अस्पतालले १० लाख १ हजार रुपैयाँ तिरेपछि मात्र शव लैजान दिने बताएको जानकारी दिए। ‘तीन दिनदेखि श्रीमतीको शव अस्पतालमै छ। अस्पतालका कर्मचारीले पैसा वुझाएर शव लैजान भन्छन्, आफुसँग त्यत्रो पैसा छैन।’

५ चैतमा स १ त ३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएर गम्भिर घाईते भएकी श्यामकुमारीलाई सोही दिन विराटनगर पुर्याएर अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ३ वैशाखमै उनको मृत्यु भयो।

तर, उपचारमा लागेको पैसा तिर्न नसक्दा परिवारले शव निकाल्न पाएको छैन। उमेशका अनुसार श्यामकुमारीको उपचारमा कुल २० लाख रुपैयाँ खर्च भएको छ। जसमध्ये उनले अस्पताल र फार्मेसीमा गरी कुल ९ लाख ९९ हजार रुपैयाँ वुझाई सकेका छन्। १० लाख १ हजार रुपैयाँ पैसा वुझाउन अझै बाँकी छ।

अस्पतालको १२ लाखमध्ये ४ लाख ७४ हजार र फार्मेशीको ८ लाख मध्ये ५ लाख २५ हजार रुपैयाँ बुझाएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट