अख्तियारका नाममा विद्यालयहरुमा गई पैसा असुल गर्ने एक जना पक्राउ
लहान— ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ’ भन्दै सिरहाका विभिन्न विद्यालयहरूमा पैसाको वार्गेनिङ गर्ने एक जनालाई आईतबार प्रहरीले पक्राउ गरेको छ।
सिरहाकै विष्णुपुर गाउँपालिका–४ का ४० वर्षीय रामधनी यादवलाई गोलबजार नगरपालिका–३ स्थित आधारधुत विद्यालय जरुवाबाट विहान करिव ९ बजे पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार यादवले अख्तियारको कर्मचारी भन्दै विद्यालयमा जाने, कक्षा कोठामा वस्ने, कार्यालयमा गएर कागजपत्र माग्ने र रकमको बार्गेनिङ गर्ने गर्दै आएका थिए।
उनको विषयमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया