कार भिरबाट खस्दा दुई जनाको मृत्यु, चालकको अवस्था चिन्ताजनक

मकवानपुर– मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै आज (शनिबार) बिहान भएको कार दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ। कारका चालक गम्भिर घाईते छन्।

कारमा सवार मकवानपुरको भीमफेदी गाउँपालिका– ८ का प्रमेबहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका ६ का १७ बर्षीय विवेक साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरले दुवै जनाको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

कार चालक सन्दिप साहलाई भने थप उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल पठाइएको छ। टाउकोमा गम्भीर चोट लागेका चालक साहको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार आज बिहान साढे ७ बजे कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट