‘ह्याप्पी माइन्डस्’ प्ल्याट फर्मकी संस्थापक श्रेया गिरी प्रभावशाली एसियाली युवाको सूचीमा

काठमाडौं– ‘ह्याप्पी माइन्डस्’ नामको मानसिक स्वास्थ्य परामर्श सम्बन्धी डिजिटल प्ल्याट फर्मकी संस्थापक श्रेया गिरी ३० वर्षभन्दा मुनिका प्रभावशाली व्यक्तिको सूचिमा परेकी छिन्।

फोर्ब्स म्यागेजिनले गएराति सार्वजनिक गरेको सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा नेपालकी गिरी ‘सोसल इम्प्याक्ट’ विधामा छनोट भएकी हुन्।

‘ह्याप्पी माइन्डस्’ प्ल्यार्टफर्मले विश्वका जुनसुकै कुनामा रहेका व्यक्तिलाई पनि मानसिक स्वास्थ्यको परामर्श दिने काम गर्छ। तर, यसले पछिल्लो समय नेपालभित्र भौतिक उपस्थितिमा पनि विभिन्न कार्यशाला र गोष्ठीहरु गर्दै आएको छ।

कोभिड महामारीको समयमा बेलायतमा स्नातकोत्तर अध्ययनरत श्रेयाले त्यति वेला नै यो संस्था सुरु गरेकी थिईन। ललितपुरको झम्सीखेलमा कार्यालय रहेको संस्थाले मानसिक बिरामीहरुलाई अनलाईन र भौतिक दुवै तरिकाले सेवा दिइरहेको छ।

श्रेयाले सन् २०२२ मा ‘सार्क स्टार्टअप अवार्ड’ समेत पाएकी थिइन्। गत वर्ष थाइल्याण्डमा सम्पन्न ‘युथ को–ल्याब समिट’ मा पनि उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट