बैंक लुटेर ऋण तिर्ने पूर्व सशस्त्र प्रहरीको योजनामा बैंकका गार्ड मारिए, यस्तो छ कहानी

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका सुरक्षागार्ड ५६ वर्षीय पर्शुराम फुयालको हत्या लुटपाटको उदेश्यले भएको खुलेको छ।

हत्यामा संलग्न उनकै नातेदार सप्तकोशी नगरपालिका–५, गंगाजली घर भएका ३२ वर्षीय चन्द्रबहादुर सुवेदी पक्राउ परेका छन्। प्रहरीले उनलाई आईतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

प्रहरीले उनलाई शनिवार चितवनको राप्ती नगरपालिका –१ लोथरबाट पक्राउ गरी सप्तरी ल्याएको हो। सुवेदीले २७ बैशाखको विहान करिव साढे ३ वजे खुकुरीले हानेर फुयालको हत्या गरेको बैंकको सीसीटीभी फुटेजमा देखिएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी महेन्द्र नेपालले बताए।

उनका अनुसार सशस्त्र प्रहरीमा कार्यरत सुवेदीले ०७९ मै जागिरबाट राजिनामा दिएको पाईएको छ। स्थानीयका अनुसार ऋणमा चुर्लुम्मै डुवेका सुवेदीले पैसा फिर्ता गर्न नसकेपछि कतिपयले सामाजिक सञ्जालमै उनको नाम र फोटो सार्वजनिक गर्दै कानुनी प्रकृयामा जाने धम्की दिन थालेका थिए।

ऋणकै कारण मानसिक रुपमा विछिप्त हुँदै गएका उनी घरमा वस्ने, झोक्राउने र छरछिमेकमा पनि खुलेर कुराकानी गर्न छोडेका थिए। उनले अर्को कुनै उपाय नदेखेपछि वैंक लुटेर ऋण तिर्ने योजना बनाएको हुन सक्ने प्रहरीको पनि अनुमान छ। तर, यो विषय अनुशन्धान गर्न बाँकी नै रहेको डीएसपी नेपालको भनाई छ।

प्रहरीका अनुसार सुवेदी मृतक फुयाँलका कान्छो ज्वाईतर्फका नातेदार (ज्वाईँ) हुन। तर, उनीहरुकोबीचमा चिनजान नदेखिएको प्रहरीको निस्कर्ष छ। सुवेदीका बुबा–आमा, श्रीमती र २ छोराछोरी (१ वर्षकी छोरी र ५ वर्षका छोरा) छन्।

सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका फुयाल विहिवार विहान बैंकमै मृत फेला परेका थिए। नेपाली सेनाबाट सेवा निवृत्त भएपछि उनी विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्डको रुपमा कार्यरत थिए। उनका श्रीमती २ छोरा र २ छोरी छन्।

उनको शनिवार विहान सप्तकोशी नगरपालिका–१ स्थित त्रियुगा आर्यघाटमा दाहसंस्कार गरिएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट