च्याउको लोभले डढेलोमा परेर ३ बालक घाईतेः शरीर पुरै जल्यो, अवस्था गम्भिर
काठमाडौं– डोल्पामा च्याउको लोभले डढेलोमा परेर विहिवार ३ जना बालक घाईते भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर १०, १२ र १३ वर्षका बालक घाईते भएका हुन।
च्याउ टिप्न जाँदा डढेलोमा परेका उनीहरुको अवस्था गम्भीर रहेको डोल्पाका सीडीओ तुलसीप्रसाद दाहालले जानकारी दिए। उनीहरुको पूरै शरीर जलेको छ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दुनै पठाईएकोमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट नेपालगञ्ज पठाउने तयारी भईरहेको छ। तर, मौसम खराबीका कारण हेलीकप्टर आउन नसकेको सीडीओ दाहालले बताए।
प्रतिक्रिया