सेवाग्राही महिलालाई यौन प्रश्ताव राखेपछि बर्दिबासमा वकिलको रामधुलाई (भीडीओसहित)

राजविराज– सामाजिक सञ्जाल फेसबुकमा शुक्रबारदेखि महोत्तरीको वर्दिबासको भनिएको एउटा भीडीओ भाईरल भईरहेको छ। भीडीओको सम्वाद सुन्दा सेवाग्राही महिलालाई एक जना वकिलले बेड शेयर गर्न प्रश्ताव गरेका छन्। आफुसँग सुत्न आए (शारीरिक सम्वन्ध) काम बन्ने वताएपछि ती महिलाले सार्वजनिक स्थलममै गाला चड्काएको भीडीओमा देख्न सकिन्छ।

भीडीओ कहिले र कहाँको भन्ने स्पष्ट छैन। तर, सामाजिक सञ्जालहरुमा बर्दिवासको भन्दै भीडीओ शेयर भईरहेको छ। रञ्जना राई नामको फेसबुक आईडीमा ‘बर्दिबास तिर के हुँदै छ साथी हो’ भन्दै भीडीओ अपलोड भएपछि उनैलाई स्रोत बनाएर अन्यले पनि यो भीडीओ शेयर गरिरहेका छन्।

भीडीओ हेर्दा घट्ना कुनै कपडा पसलमा भएको जस्तो देखिन्छ। वकिल भनिएका ब्यक्ति पसलको काउण्टरमा वसिरहेका छन। काउण्टरको वाहिर एक हुल महिलाहरु र केही पुरुषहरु छन। पीडित भनिएकी महिलाले नै भीडीओ खिचिरहेकी छिन्। अन्य मानिसहरुको पनि पसलमा भिडभाड छ।

यत्तिकैमा महिला ‘कैशन सोध’ भन्दै चिच्याउँछिन्। ‘भन। भन, भन, भन…। भन छिटो बोल’ उनले भन्छिन्–‘यो चै नितेशको वकिल हो।’ टेबल ठोक्दै र चिच्याउँदै उनी अगाडि बोल्छिन्–‘वोल, बोल बोल…। बोल। किन ममा, यो सित सुत्नु ? म काँ जानु भन्नु न ? न्याय खोज्न म काँ जानु ?’

उनी अझै चिच्याउँछिन–‘बोल। कैशन सोध्नु न, भन्नुन। म पत्रकार पनि जाँदिन। म मेरै फेसवुक लाईभबाट म देखाउँछु यल्लाई। यसले करतुत कस्तो गरेको छ।’

त्यसपछि वकिल भनिएका ब्यक्ति वसेको ठाउँबाट उठ्छन र काउण्टर वाहिर निस्कन्छन्। उनी निस्कदै गर्दा पीडित भनिएकी महिला भीडीओ खिचिरहेको मोवाईएक एक पुरुषलाई दिएर वकिल भएतिरै जान्छिन्। र केही प्रश्न गरेपछि गालामा एक झापड हान्छिन्। कसैले उनलाई हातपात नगर्न भनेको सुनिन्छ। लगत्तै भीडीओ खिचिरहेका ब्यक्ति वोल्छन्। ‘गल्ती गरेपछि सहनु पर्छ। मामा धेरै कन्ट्रोल गरेको हो। म्यासेज देखाई देन।’ यतिन्जेलसम्म वकिल भनिएका ब्यक्ति भने एक शब्द पनि बोलेका छैनन्। उनको अवस्था हेर्दा उनले गल्ती स्विकार गरेको देखिन्छ।

त्यसपछि कसैले भीडीओ नखिच्न आग्रह गर्छ। भीडीओ खिचिरहेको मोवाईल सायद गोजीमा राखिन्छ। भीडीओ अन्धकार आउँछ, तर आवाज भने आईरहन्छ। कस्ले के वोल्यो भन्ने स्पष्ट सुनिदैन। पछि भीडीओ पनि अफ हुन्छ।

यस्तो छ भाईरल भईरहेको भीडीओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट