दुई समुदायबीच तनाव उत्पन्न भएपछि सुनसरीको हरिनगरमा कर्फ्यु जारी

इटहरी– सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीका कायम मुकायम सीडीओ देवराज फुयलले बिहीबार भएको एक युवामाथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिए।

फुयाँलका अनुसार शुक्रबार मध्याह्न १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यान १२ बजेटबाट तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो ।

२२ चैतमा हरिनगरा गाउँपालिका ३ का जीवन मेहतामाथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्याह्नबाट अनिश्चितकालीन कर्फ्यु जारी गरिएको कामु सीडीआो फुयलले जानकारी दिए।

फुयलका अनुसार हरिनगर गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्म सबै र देवानगञ्ज गाउँपालिका १ मध्यहर्साही र देवानगञ्ज गाउँपालिका ७ राजगंज सिनुवारी सीमाक्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो।

बिहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाइते भएका हरिनगरा गाउँपालिका ३ का जीवन मेहताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार मेहताको अवस्था खतरामुक्त छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट