राष्ट्रिय मावीका पूर्व शिक्षकको मागः कप्टी गरेर नदिएको मेरो बाँकी तलवबाट छात्रवृत्ति दिईयोस
यो विद्यालयलाई राम्रो बनाउन हामी उत्साहित भएर लग्यौं, किनकि हाम्रो नियत सफा थियो र इच्छाशक्ति पनि थियो। जो, जुन दलहरुसगँ आवद्ध रहे पनि विद्यालयमा त्यो देखिएन। त्यो राम्रो पक्ष थियो र करिब–करिब एउटा राम्रो टिमवर्क बनिसकेको थियो। अर्को वर्ष एउटा बस किनेर सप्तकोसीका ११ वटै वडाहरुमा गुणस्तरीय शिक्षा पु¥याउने हाम्रो चाहना पुरा हुनै लागेको बेला शिक्षक बिबाद र त्यसपछिको शिक्षक सरुवाले विद्यालयका शिक्षकबीच मनमुटावको स्थिति आयो र समुहगत विभाज भयो।
विद्यालयलाई प्रदेशकै गन्तिमा ल्याउने अभिप्रायले एकजना मेधावी शिक्षक सरोज कोइरालालाई विद्यालय राहत कोटामा राख्ने र उच्च माविसम्म उहाँको सेवा लिने कार्यलाई कसले तुहायो? त्यो सबैलाई थाहा छ।
अंग्रेजी माध्यमबाट अध्यापन गर्न वडाले दिएको अनुदान रकम पनि अन्य शिर्षकमा खर्च गरेर हामी त्यहि अनुदानबाट पारिश्रमिक पाउने हामीले कहिलै पूरा महिनाको तलव पाएनौ र मेरो व्यक्तिगत १३६००० (एक लाख छत्तीस हजार मात्र) बडो कप्ट्याइ र अन्यायपूर्ण हिसाब–किताबबाट हिसाब मिलान गरियो । एउटा ज्ञानको मन्दिर जसले नैतिकता, इमानदारीता, चरित्रवान धरोहरको रुपमा खडा भएर सधै सबैलाई नियाली रहेको छ। त्यसभित्र पनि यस्ता छलकपट हुँदा रहेछन् भन्ने मैले बुझेको छु।
पहिले प्रति महिना रु २५००० (पच्चिस हजार) पाउने भनेर मैले अध्यापन थालेको हुँ। मैले बर्षौसम्म तलब नपाएपछि विद्यालय छोडे। पछि तात्कालिन अध्यक्ष र प्रअले सबैलाई ज्यालादारीमा हिसाब मिलान गरे र मलाई २००००(बीस हजार) मात्र दिए। सगै काम गर्ने शिक्षकको मर्म नबुझ्ने प्रशाशक र अपरिपक्व नेतृत्व भएपछि हुने यस्तै हो।
स्त्रीहरु पैसामा लोभी नै हुन्छन्, यो स्वभाव पनि हो। मेरो श्रीमतीले यो कुरा (मेरो तलव काटिएको कुरा) मेयर कृष्ण ढकालसगँ अनुरोध गरिछन र उहाँ (ढकाल) ले विद्यालयमा पुगी केही कुरा राखिदिनु भएछ। त्यसका लागि उहाँलाई धन्यवाद। तर, न्यायिक समितिमा कुनै उजुरी नदिइ केही गर्न सकिँदैन भनेपछि म धर्मसंकटमा परे। मेरो पेशा अध्यापन हो र मैले एउटा सरस्वतीको मन्दिरमाथि कसरी उजुरी गर्ने? अन्तमा त्यो तलब त्याग्नु नै राम्रो हो भन्ने मलाई लाग्यो।
तर आज किन गुनासो गरिस त? हरेक सरकारी कार्यालयमा कलम घुमाउने र हिसाब मिलाउने काम हुन्छन् भन्ने कुरा यो डस्टर घुमाउनेलाई पनि थाहा छ। त्यसैले मैले पाउने त्यो रकम कुनै व्यक्तिको खल्तीमा नजाओस, बरु एउटा कोष खडा गरेर जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिईयोस भन्ने मेरो माग।
(विष्ट सप्तरीको सप्तकोशी नगरगपालिका–१ स्थित राष्ट्रिय मावीका पूर्व शिक्षक हुन। उनी आन्तरिक स्रोतबाट तलवभत्ता खाने गरी अग्रेजी माद्यमतर्फको शिक्षकमा नियुक्त भएका थिए।)