सीके राउतका सांसदले पुर्वाधार विकास कार्यालयका हाकिम कुटेको भीडीओ सार्वजनिक (भीडीओसहित)

राजविराज— सिके राउत नेतृत्वको जनमत पार्टीका प्रदेश सभा सदस्य महेशप्रसाद यादवले सप्तरीको राजविराज स्थित पुर्वाधार विकास कार्यालयका प्रमुख प्रविणप्रताप अधिकारीलाई कुटपिट गरेको भीडीओ सार्वजनिक भएको छ।

भीडीओमा यादवले अधिकारीलाई हातपात गरेको स्पष्ट देख्न सकिन्छ। यादवले हात उठाएपछि उनीसँग गएका अन्य ब्यक्तिले समेत अधिकारीमाथि धक्कामुक्की गरेका छन्। प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता एवम् मधेश प्रदेशका निवर्तमान शिक्षा मन्त्रीसमेत रहेका यादवले राजविराज नगरपालिका– १३, पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा आरसीसी ढलान योजनाको चिट्ठी आफुले भनेको व्यक्तिलाई नदिएको भन्दै कुटपिट गरेका हुन।

‘प्रदेश सरकारको रेडबुकमा रहेको १०/१० लाख रुपैयाँको दुईवटा योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं १३ का वडा सदस्य चन्द्रिका यादव आउनु भएको थियो’ अधिकारीले भने –‘तर, कर्मचारीहरुले दुवै योजना सञ्चालनका लागि कोटेसनको सुचना निस्किएको जानकारी दिएर पठाएका थिए।’

त्यसपछि वडा सदस्य यादवले सांसद यादवसँग फोनमै गुनासो गरेका थिए। लगत्तै कार्यालयमा पुगेका सांसद यादवले हातपात गरेको अधिकारीको भनाई छ। उनले हातपात गर्दा जनमत पार्टीबाटै निर्वाचित प्रदेश सभा सदस्य सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझी समेत सँगै रहेको उनको भनाई छ।

निवर्तमान मन्त्री यादवले भने हातपातको कुरा अस्विकार गर्दै सामान्य धकेलाधकेल भएको वताए। योजनाको चिट्ठी दलाल मार्फत बिक्री गर्न खोजेकाले आवेशमा आएको उनको भनाई छ। सप्तरीका सीडीओ किरण थापाले कर्मचारीमाथि दुर्व्यवहार भएको जनकारी आएको वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट