कस्ले गर्यो सुमनाको हत्या, कसरी पुग्यो घोपा क्याम्प परिसरमा शव ?

धरान– सुनसरीको धरान उपमहानगरपालिका– १८ स्थिति विपि प्रतिष्ठानको पछाडि जङ्गलको खोल्सीमा बुधबार मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ।

उक्त शव धरान–१६ निवासी सुमना श्रेष्ठको रहेको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर भीमराज राईले किशोरीको हत्या भएको र हत्यामा एकभन्दा वढि ब्यक्तिको संलग्नता हुन सक्ने अनुमान गरिएको छ।

मृतकको घाँटीमा धारिलो हतियारले रेटिएको छ भने शव फेला परेको केही पर खुकुरीसमेत बरामद भएको छ। मृतकको बुधवार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि बिहीबार दाहसंस्कार गरिएको छ।

घटनामा संलग्नहरुको खोजि तथा अनुशन्धान कार्य तिव्र पारिएको इन्स्पेक्टर राईले वताए। बुधबार बाख्रा चराउन गएका व्यक्तिले सुमनाको शव भुईँमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट