यौनजन्य क्रियाकलापलाई पाप भन्ने शीतलकृष्णको पगरीमा कहाँबाट आयो ‘कण्डम’?
राजविराज– भनिन्छ, मानिसले काम, क्रोध, लोभ, मोह जस्ता संवेदना नियन्त्रणमा गर्न सकेको दिन उ सिद्ध पुरुष ठहरिन्छ। तर, दार्शनिकहरुका कुरा भिन्न छन्। प्रसिद्ध दार्शनिक सुकरातका अनुसार ‘यदि कसैले मलाई ती विषयले प्रभाव पार्दैन भन्छ भने कि त त्यो देवता हो अथवा संसारको सबैभन्दा झूटो मानिस।’
तर, साधु, सन्त र आफुलाई पण्डित भन्नेहरुले अहिले पनि ‘काम, क्रोध, लोभ, मोह त्याग गर्नुपर्छ’ भनेर सल्लाह दिन छोडेका छैनन्। किनकी जीवनमा सबैभन्दा सजिलो काम अर्कोलाई ‘सल्लाह’ दिनु हो। यही विषय हो, जस्ले उनीहरुको स्वघोषित भगवानको पगरीलाई पनि बचाई राखेको छ। तर, यौनजन्य क्रियाकलाप गर्नु पाप हो भनेर उपदेश दिनेले के आफैले ‘काम’मा नियन्त्रण गरेका छन त ?, क्रोध गर्नु पाप हो भनेर अर्कालाई उपदेश दिनेले आफैले क्रोध नियन्त्रण गरेको छ ? आफै कति त्यागी वा दानी छ ? भन्ने प्रश्न अहिले अहम वनेको छ।
किनकी, ब्यबहारिक जीवनमा ‘काम’को निन्दा गरेर प्रवचन गर्नेहरू सबैभन्दा बढी स्त्रीलम्पट भएको खुलासा भर्खरै भएको छ। स्वयमलाई महाराज घोषणा गरेर हिडेका शीतलकृष्णले आफनो पगरीमै कण्डम बोकेर हिड्ने गरेको उनकै धर्मपत्नि सुकृति पौडेल भुसालले खुलासा गरेकी छिन्।
सुकृतिले शीतलकृष्ण महाराजले असंख्य महिलासँग अवैध शारीरिक सम्बन्ध राख्ने गरेको दाबी गरेकी छिन्। यतिसम्मकी उनले लगाउने पगरीमासमेत कण्डम भेटेको बताएकी छिन्। भारतमा गएर सँगै कोठामा बसेका बेला श्रीमानको पगरी चेक गर्दा त्यसमा कण्डम भेटेको उनको दावी छ। ‘एकदिन उहाँले लगाउने पगरी जाँच गरे। पगरी भित्र सानो बक्सा थियो। त्यो भित्र गर्भ निरोध साधन थिए’ उनले भनेकी छिन्–‘उहाँका सामाजिक सञ्जाल जाँच गर्दा कयौंसँग रासलीला गरिएका सम्वाद देखेको छु। कति प्रमाण छन् छन्। एक जना हैन अनेकौंसँग यौन सम्वन्ध राख्दै हिड्ने व्यक्ति रहेछन्। कसरी गुरु हुन्छन् ?’
शीतलकृष्णले आफूमाथि पनि बारम्बार हिंसा गरेको उनको आरोप छ। कथित धर्मगुरु भनेर चिनिने शीतलकृष्णले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनले दुखेसो गरेकी छिन। ‘उहाँले मेरो परिवारलाई सामाजिक सञ्जालमा पनि ब्लक गर्नु भएको छ। जता गयो त्यतै सम्बन्ध राख्नु हुन्छ। बुबाआमाले पुजेर दिएको ज्वाइ भन्दै सबै कुरा सहेर बसे। मलाई एक दिन कुरा बुझ्नु हुन्छ भन्ने लागेको थियो। सहनै नसक्ने भएपछि कावासोती प्रहरीमा उजुरी पनि दिएकी छु,’ उनले भनिन्। प्रहरीमा घरेलु हिंसाको उजुरी दिएको उनले वताएकी छिन्।
अकस्मात आफूलाई छोडपत्र दिने उद्देश्यका साथ श्रीमानबाट जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी पाएपछि आफू विक्षिप्त भएको उनले बताएकी छन्। श्रीमानले आफूलाई भ्रुणहत्या गर्न विवश बनाएको पनि उनले वताएकी छिन्।
र, यो पनि