परपुरुषसँग सम्वन्धमा रहेकी श्रीमतीको योजनामा डोजर ड्राईभरको हत्या

पोखरा– सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका वर्षीय रामलाल तामाङको हत्या प्रकरणको प्रहरीले पर्दाफास गरेको छ। हत्या आरोपमा उनकै श्रीमती च्याङ्मा तामाङ (कान्छी भनिने) सहित ४ जना पक्राउ परेका छन्।

एस्काभेटर (डोजर) चलाउने तामाङको शव ३ चैतमा कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको थियो। त्यस बेला शवको पहिचान भएको थिएन। तर, प्रहरीले अनुशन्धान गरी शव पहिचान गरेर रामलाल तामाङको हत्या भएको खुलासा गरेको हो।

सिक्सेल गाउँबाट मादीमा निर्माणाधीन अपर जिरो मादी र मादमे खोला हाइड्रोपावर जाने बाटोभन्दा तल सिक्लेस गाउँबाट दक्षिण पाखोमा एक पुरुषको शव देखेपछि स्थानीयले वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए।

उनले प्रहरीलाई खवर गरेपछि तालिम प्राप्त कुकुरसमेतको टोलीले अनुसन्धान थालेको थियो। त्यसक्रममा हाइड्रोमा काम गर्न भनेर पोखराबाट गएका अर्का एक व्यक्तिले बसमा रामलालसँग चिनजान भएको र उनीहरु ४ जना रहेको सूचना दिएका थिए। सोही सूचनालाई पछ्याउँदा प्रहरीमा उनको श्रीमतीसम्म पुगेको हो।

अनुशन्धानले देखाए अनुसार रामलाल र च्याङ्माको सम्वन्ध विग्रिएपछि केही वर्षअघि देखि नै अलग्गै बस्थे। उनीहरुको विचमा ठुलै विवाद थियो। यो प्रकरण अदालतसम्म पुग्यो। च्याङ्माले केही महिना रामलाललाई प्रहरीमा थुनाएकोसम्म खुलेको छ।

हत्याको योजना नै पनि उनैले बनाईन। उनको योजनामा धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ सहभागि भए। उनीहरुले रामलाललाई हाइड्रोमा काम गर्ने भनेर सिक्लेस पुर्याए र सिक्लेस गाउँभन्दा दक्षिण पाखोमा पुगेपछि हत्या गरेर भागे।

उनीहरु तीनै जना काठमाडौं र भक्तपुरबाट पक्राउ परेका छन्। कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकका पक्राउ परेका एक जनासँग च्याङ्माको अन्तरंग सम्बन्ध रहेको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट