गायिका समीक्षा अधिकारी भन्छिनः समाजमा दुई किसिमका बलात्कारी हुँने रहेछन्

राजविराज– चर्चित नेपाली गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी हुने गरेको भन्दै दुवै खाले बलात्कारी फाँसीका लायक हुने गरेको टिप्पणी गरेकी छिन्।

चितवनकी शालिन पोखरेलको मृत्यु प्रकरण बारे फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएकी छिन्। सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले भनेकी छिन्–‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन।’

उनले ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ र ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर ब्याख्या गरेकी छिने। मायाँ र करुणको नाटक गर्ने बलात्कारीले ‘जिउँदै त छाड्छन् तर जीवनभर मार्छन’ भनेर टिप्पणी गरेकी छन्।

यसैगरी ‘जबरजस्ती गर्ने बलात्कारी’ ले ‘न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन’ भन्दै उनले यी दुवै बलात्कारी फाँसीका योग्य रहेको टिप्पणी गरेकी छन्।

चितवनकी शसालिना पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग उनले जोडदार माग पनि गरेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट