जीबी राईलाई पक्राउ गरी फिर्ता पठाई दिन प्रहरीले लेख्यो मलेसियालाई पत्र, भिसा थपेर बसेको पुष्टि
काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ब्यवसायीक पार्टनर जीबी राई (गितेन्द्रबाबु राई) लाई पक्राउ गर्न प्रहरीले सकृयता वढाएको छ।
सहकारीको अर्बौँ रकम हिनामिना गरेर मलेसिया पुगेका राईलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले मलेसिया प्रहरीलाई पत्र पठाएको छ। प्रहरीले गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई पत्रमा पठाएर जीबीलाई पक्राउ गरेर नेपाल फिर्ता गरिदिन आग्रह गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ।
जीबी नेपालबाट भागेर मलेसिया पुगेको पुष्टि भएपछि प्रहरीले इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराएको थियो। त्यसपछि उनी भिसा थप गरेर मलेसियामै बसेको पाईएको छ। गृह स्रोतका अनुसार उनले भिसा थप गरेको खुलेपछि त्यहाँको सरकारलाई नै अनुरोध गर्दै पत्र पठाएको हो।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित देशापन्डनमा अपार्टमेन्ट छ। उनले सन् २०१९ मै अपार्टमेन्ट २६ लाख रिङ्गिट (नेपाली ७ करोड २३ लाख ५८ हजार रुपैयाँ) मा खरिद गरेका हुन्। यस वाहेक मलेसियाकै अर्को सहर साइबरजयामा राईले एक सपिङ मार्ट समेत सञ्चालन गरेको उनी निकटका एक व्यवसायीको दाबी छ।
सपिङ मार्ट अपार्टमेन्टबाट करिव ३३ किलोमिटर टाढा छ। सहकारी ठगी प्रकरणमा राईसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि मुछिएका छन्।
राईले पोखराबाहेक काठमाडौं, चितवन र बुटवलमा समेत सहकारी सञ्चालन गरेर निक्षेतकर्ताको रकम हिनामिना गरेको खुलेको छ। सूर्यदर्शन सहकारीका १८ हजार ७ बढी बचतकर्ताको १ अर्ब ११ करोड १ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ। ठगीमा परेको भनी १ हजार ३६ जनाले प्रहरीमा उजुरी दिएका छन्।
प्रहरीले नेचर हब्स कार्यालयबाट सूर्यदर्शन सहकारी र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको सर्भर बरामद गरेको छ। डाटाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत पोखरा पुगेको छ।
र, यो पनि
- मलेसियामा जीबी राईको सवा ७ करोडको अपार्टमेन्ट, सपिङ मार्ट पनि सञ्चालन
- जीबी राईलाई मात्रै ८७ करोड ऋण दिएको सुप्रिम सहकारीका अध्यक्ष गुरुङ पक्राउ
- पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापाः उनकै घरबाट हुन्थ्यो जीबी राईको सहकारीको काम
- रवि लामिछाने र जीबी राईबीच मलेसियामा भेट, रास्वपामा जीबीकै कर्मचारी हर्ताकर्ता
- सहकारीको डेढ अर्व मासेर फरार भएका जीबी राई मलेसिया पुगेको आशंका
- रविका सदाचारी र करोडपति सांसदको असली रुपः उपचारको ५ हजारका लागि पनि हात पसारे
- औकातमा आए रवि लामिछाने, ‘पर्सनल अट्याक’ गरेर गल्ती गरेको भन्दै मागे माफी
- सहकारी प्रकरणमा रविको हालः नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार
- रविले नारायणकाजीलाई ‘टाइटनिक भेटिएला, तपाईंमा नैतिकता भेटिन्न’ भनेपछि सीआईबी एक्सनमा
- रवि लामिछानेका पार्टनर ठगी आरोपमा फरार भएपछि ‘ग्यालेक्सी टीभी’ बन्द